PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुस्लिम समुदायको आपत्तिपछि फेरियो 'बादशाह जुट'को ट्रेलर



पहिलोपोस्ट

मुस्लिम समुदायको आपत्तिपछि फेरियो 'बादशाह जुट'को ट्रेलर

मुस्लिम समुदायको विरोधपछि फिल्म 'बादशाह जुट' युनिटले ट्रेलर परिवर्तन गरेको छ। ट्रेलरमा राखिएका केहि दृश्य र संवादले मुस्लिम समुदायमा आँच पुर्‍याएको भन्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश कार्यसमितिले फिल्म युनिटको ध्यानाकर्षण गराएको थियो।

ट्रेलरमा ३ सेकण्डदेखि बज्ने 'अजान'को अवाज, ८ सेकेण्डमा देखाइएको हात-हतियार र १३ सेकण्डमा बज्ने 'आइएसआइएस'को आवाजले मुस्लिम समुदायमा ठेस् पुगेको बताइएको थियो।

संघले सार्वजनिक ट्रेलरलाई सामाजिक संजाल र युट्युबबाट हटाउन निर्देशन दिएको थियो। त्यसपछि 'बादशाह जुट’ निर्माण कम्पनी एच एण्ड बी फिल्म्सले आवश्यक दृश्य सच्याउने जनाएको थियो। सहमति अनुरुप निर्माण पक्षले माफी माग्दै नयाँ ट्रेलर रिलिज गरेको छ।

निर्माण कम्पनीले फिल्मले कुनै पनि धर्म, जातजाति, समुदायलाई आँच नपुर्‍याउने दाबी गरेपनि ट्रेलरमा जनाइएको आपत्ति भने सम्बोधन गरेको हो।

फिल्मले यसअघि नै सेन्सर बोर्डमार्फत जाँच पास गरी पिजी सर्टिफिकेट पाइसकेको छ।

जोनी सिंह रानाले निर्देशन गरेको फिल्मले दुई युवाको कथा भन्छ। फिल्मको मुख्य भूमिकामा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell