PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फ्राइडे रिलिजमा एउटा नेपाली र दुई विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा एउटा नेपाली र दुई विदेशी फिल्म

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत एउटा नेपाली फिल्म ‘लक्ष्मी रानी’ सार्वजनिक भएको छ। नायिका, निर्माता तथा लेखक शुभेच्छा थापा निर्देशित उक्त फिल्मले सिंगल थिएटरमा मात्र सो पाएको छ।

गाउँबाट शहर आउँदा एक महिलाले गर्नुपर्ने संघर्षको कथा फिल्मले बोलेको छ। फिल्ममा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भूमिका रहेको छ।

त्यस्तै बलिउडतर्फ नेपालका लागि कुनै पनि नयाँ फिल्म प्रदर्शनमा आएन। हलिउडको भने दुई फिल्म 'जोम्बिल्यान्ड : डबल ट्याप' र 'मेलफिसेन्ट: मिस्ट्रेस अफ इभिल' नेपालमा रिलिज भएका छन्।

सन् २००९ मा सार्वजनिक 'जोम्बिल्यान्ड'को सिक्वेललाई रुबेल फ्लेस्चरले निर्देशन गरेको हुन्। कमेडी जनराको फिल्ममा वुडी ह्यारेल्सन, जेसी एइसेनवर्ग, अबिगेल ब्रेस्लिन, एम्मा स्टोन लगायतको अभिनय रहेको छ।

त्यस्तै अमेरिकन डार्क फेन्टासी 'मेलफिसेन्ट: मिस्ट्रेस अफ इभिल'लाई जोकिम रोनिङले निर्देशन गरेका हुन्। फिल्ममा एन्जेलिना जोली, एल फ्यानिङ, साम रिले, एड स्क्रेन लगायत कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell