
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कार्तिक २१ गते उम्मेद्वारको मनोनयन दर्ताको मिति तोकिएको छ।
आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको हकमा २१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरेको छ। आयोगले असोज १५ गते स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार २१ गते नै १:३० देखि बजेसम्म उम्मेद्वारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धाण गरिएको बताएको छ।
२३ गते बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते नै दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगको चुनावी कार्य तालिका छ।
२४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने, २४ गते नै दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ।
२५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
त्यस्तै आयोगले स्थानीय तहका लागि कार्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ।
२७ गते दिउसो १:३० बजेदेखि ३ बजेसम्म उम्मेद्वारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको आयोगले जानकारी दिएको छ।
त्यस्तै २९ गते बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
आयोगका अनुसार ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने र ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोगले मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ। आयोगले मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय निर्धारण गरेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
मंसिर १४ गते तीनै तह गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।