PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

चितवन राइनोजको लगातार दोस्रो जित, रितु कनौजियाको अर्धशतक



पहिलोपोस्ट

चितवन राइनोजको लगातार दोस्रो जित, रितु कनौजियाको अर्धशतक
तस्बिर: डब्लुसिएल

काठमाडौं : काठमाडौंमा जारी महिला क्रिकेट लिग (डब्लुसिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले ललितपुर फाल्कोन्सलाई ८९  रनले पराजित गरेको छ।

सुरुवाती ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

चितवनका लागि रितु कनौजियाले ५८ रन बनाउँदै टिमको स्कोर उकासेकी थिइन्। उनी खेलको प्लेयर अफ द म्याच समेत बनिन्। उनको अर्धशत जारी प्रतियोगितामा तेस्रो हो। यस अघि रुबिना क्षेत्री र ज्योती पाण्डेले पनि बिहीवारको खेलमा अर्धशतक बनाएका थिए।

त्यस बाहेक चितवनका लागि प्यारी चौधरीले २२ रन, काजल श्रेष्ठले १५ रन तथा इन्दु वर्माले १० रन बनाएका थिए। त्यस्तै ललितपुरका लागि नरी थापाले २ विकेट तथा करुना भण्डारी १ लिएकी थिइन्।

१३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७ दशमलव १ ओभरमा अलआउट बन्न पुग्यो।

ललितपुरका लागि कप्तान नरी थापाको १७ रनबाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। ललितपुरलाई सस्तैमा समेट्न कविता गौतमले ३ विकेट तथा रितु कनोजियाको २ विकेट महत्वपूर्ण रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell