PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

'क्रिश'को चौथो संस्करण निर्देशन गर्दै राकेश रोशन



पहिलोपोस्ट

'क्रिश'को चौथो संस्करण निर्देशन गर्दै राकेश रोशन

बलिउड सुपर हिरो फिल्म 'क्रिश ४'को राकेश रोशनले निर्देशन गर्ने भएका छन्। यसअघि सञ्जय गुप्ताको निर्देशन रहँदै आएको फिल्मको चौथो संस्करणमा छोरा ऋतिक रोशनसँग राकेशले टिमअप गर्न लागेका हुन्।

फिल्मको कथा तथा संवाद लेखनमा भने राकेश र सञ्जयले सहकार्य गरिरहेका छन्। विषयमाथि राकेश रोशनले बलिउड हंगामासँग भनेका छन्,'सञ्जय र मेरो विचार र काम गर्ने तरिका मिल्छ। मलाई यस प्रोजेक्टमा उसँग मिलेर काम गर्दा गर्विलो महसुस भएको छ।' क्रिश-४ को औपचारिक घोषणा फिल्मको स्क्रृप्ट तयार भइसकेपछि मात्र गर्ने राकेशले बताए।

फिल्म निर्माणमा लगानी योजनावद्ध हुनुपर्ने र त्यसका लागि समय लाग्ने उनको तर्क छ। भने,'मलाई पैसा खर्च गर्न माया लाग्छ। जेमा खर्च गर्छ त्यो काम उत्कृष्ट हुनुपर्छ। यही कुरालाई लेखन प्रक्रिया देखि ध्यान दिइराखेको छु।'

सन् २०१९ को सुरुवातमा घाँटीको क्यान्सरको शल्यक्रिया गराएका राकेशमा कामको उर्जा र जोश भने धेरै देखिन्छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell