PahiloPost

Jul 3, 2024 | २० असार २०८१

नेपालमा विश्व बैंकको आर्थिक सहायता बढाउन अर्थमन्त्री डा खतिवडाको आग्रह



पहिलोपोस्ट

नेपालमा विश्व बैंकको आर्थिक सहायता बढाउन अर्थमन्त्री डा खतिवडाको आग्रह
फोटो : अर्थ मन्त्रालय।

काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले विश्व बैंकले सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न आवश्यक रहेको बताएका छन्।

डा खतिवडाले अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्‍याउने लक्ष्यका लागि विश्व बैंकले सहायता राशी बढाउनुपर्ने उल्लेख गरे।

खतिवडाले नेपाल सरकारले बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति लिएको बताए। उनले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास पनि दिलाए।

विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तर देशीय सडक सञ्चालनको लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

त्यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै खतिवडाले दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउन जरुरी रहेको बताउँदै बताए। उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपूरक भूमिका रहने पनि बताए।

विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मूलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell