PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवाले फेरे बोली, भने : पूर्वाग्रह र दवावमुक्त अनुसन्धानलाई कांग्रेसको सहयोग



पहिलोपोस्ट

देउवाले फेरे बोली, भने : पूर्वाग्रह र दवावमुक्त अनुसन्धानलाई कांग्रेसको सहयोग

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवारको आफ्नो अभिव्यक्तिलाई सच्याउँदै मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुने जनाएका छन्।

'अस्पष्टता र अन्यौल निवारणार्थ' भन्दै देउवाले जारी गरेको प्रेस विज्ञप्तीमा 'कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ। १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ' उल्लेख गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा देउवाले आलममाथि सरकारले पूर्वाग्रहीको अभिव्यक्ति दिएका थिए।

तर, आजको विज्ञप्तिमा भनेका छन् - 'तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन। निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell