PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्पतालबाट फर्केपछि अमितावले सेयर गरे नातिनी आराध्यासँगको फोटो



पहिलोपोस्ट

अस्पतालबाट फर्केपछि अमितावले सेयर गरे नातिनी आराध्यासँगको फोटो

मंगलबार राति अस्पताल भर्ना भएका अमिताव बच्चन शुक्रवार छोरा अभिषेकसँगै घर फर्के। सोसल मिडियामा सक्रिय बलिउडका यी हस्तीले आफ्ना शुभचिन्तकलाई लक्षित गर्दै केही फोटोहरु पोस्ट पनि गरे।

फोटोमा उनी आफ्नी नातिनीसँग देखिएका छन्। अमितावले आफ्ना शुभचिन्तकहरुलाई उनको स्वास्थ्यप्रति राखेको चासोलाई लिएर धन्यवाद समेत दिएका छन्।

त्यतिमात्र होइन उनले गोपनीयताको विषयलाई ख्याल राख्न पनि सुझाए। 'डकुमेन्टेसनको व्यवसायिक मर्यादा नबिर्सिउँ...विरामी र त्यसको उपचार व्यक्तिको नितान्त गोपनीयताको अधिकारको विषय हो...यसको सम्मान गरौं। ... संसारमा सबै कुरा बिक्रीका लागि हुन्नन्,' उनले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell