PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीनमा जारी विश्व सैनिक खेलकूद प्रतियोगिता अन्तर्गत बक्सिङतर्फ नेपालद्वारा म्यान्मार पराजित



पहिलोपोस्ट

चीनमा जारी विश्व सैनिक खेलकूद प्रतियोगिता अन्तर्गत बक्सिङतर्फ नेपालद्वारा म्यान्मार पराजित
फोटो : Xinhua ।

चीन : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा आज भएको खेलमा नेपालले म्यान्मारलाई पराजित गरेको छ।

नेपाली सेनाका जमदार तेजबहादुर देउवा म्यान्मारका खेलाडी माउङक्याव हलालाई ४–१ अंकले पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए।

देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन्। यहाँस्थित स्पोर्टस् युनिभर्सिटी ज्युम्नासियमा भएको खेलमा देउवाले प्रतिद्वन्द्वी हलालाई पराजित गरेपछि अनुभव र तालीमले सफलता प्राप्त भएको बताए।

'अर्को खेल पनि जित्छु भन्ने पूर्ण विश्वास छ,' उनले भने।

आजै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अंकले पराजित भए।

त्यस्तै आजै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बिच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन्। ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो। प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell