PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ठोरीमा चार जिल्लाका सुरक्षा अधिकारीहरुको बस्यो बैठक, अपराध नियन्त्रण र विकास निर्माण योजना मुख्य एजेन्डा



राधेश्याम पटेल

ठोरीमा चार जिल्लाका सुरक्षा अधिकारीहरुको बस्यो बैठक, अपराध नियन्त्रण र विकास निर्माण योजना मुख्य एजेन्डा

वीरगन्ज : पर्साको पर्यटकीय स्थल ठोरीमा ४ जिल्ला सुरक्षा अधिकारीहरुको बैठक बसेको छ। शनिबार बसेको बैठकमा पर्सा, बारा, मकवानपुर र चितवन जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो।

बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेना, ट्राफिक प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरु बीच चार जिल्लामा शान्ति सुरक्षा कायम गर्नुको साथै आपराधिक गतिविधि न्यूनीकरण गर्ने विषयमा छलफल भएको थियो।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका वर्तमान अवस्थालाई समीक्षा गरी थप प्रभावकारी बनाउन अधिकारीहरू बीच छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए। उनले अपराध न्यूनीकरणमा चार जिल्लाको सुरक्षा अंगहरुले मिलेर काम गर्दा सहज हुने विश्वास व्यक्त गरे। स्थानीय तह तथा राजमार्ग क्षेत्रमा पनि भइरहेको वा रोकिएको विकास निर्माणको योजना पनि समयमा सकाउन माथिल्लो निकायको निर्देशन अनुसार समन्वय गर्न पनि सबै अधिकारीहरुसँग बैठकमा छलफल भएको उनले बताए।

त्यसैगरी, नेपाल–भारतबीच कतिपय स्थानमा सीमा विवादका कुरामाथि छलफल गरी त्यस्ता स्थानको अनुगमन गर्दै आगामी चैत्रमा नेपाल भारतका नापी विभागको बैठकमा छलफल गरी समस्या समाधान गर्ने पहल गर्ने पर्साका सिडिओ भट्टराईले जानकारी गराए।

बैठक पर्साका प्रजिअ भट्टराईको अध्यक्षता बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell