PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अम्बिका साँवाबारे लेखिएको स्मृति ग्रन्थको नेता नेपालले गरे लोकार्पण



पहिलोपोस्ट

अम्बिका साँवाबारे लेखिएको स्मृति ग्रन्थको नेता नेपालले गरे लोकार्पण
फोटो : रासस।

काठमाडौं : अथक योद्धा अम्बिका साँवाबारे लेखिएको स्मृति ग्रन्थको आज लोकार्पण गरिएको छ। अम्बिका साँवा स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले सो ग्रन्थको लोकार्पण गरेका हुन्।

सम्पादक राजेश्वर थापा, टंक श्रेष्ठ, चित्रगुप्त साँवा र डा चन्द्र लक्सम्बाद्वारा सम्पादित सो ग्रन्थमा साँवाले नेपाली समाज र नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ। विसं १९९३ मा ताप्लेजुङमा जन्मिएका साँवा जनसंख्या तथा वातावरणमन्त्री समेत भएका थिए। उनको २०६७ असोज ३१ गते निधन भएको थियो। आठ सय ७६ पृष्ठ रहेको सो ग्रन्थमा कुलप्रसाद उप्रेती, काजी श्रेष्ठ र प्रा डा सुरेन्द्र केसीलगायत २०६ जनाको लेख समावेश छ।

कार्यक्रममा वरिष्ठ नेता नेपालले साँवाका सपना पूरा गर्ने गरी ने क पा नेतृत्वको सरकारले बेरोजगारी अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने काम गरिरहेको बताए।

उनले भने, 'योद्धा साँवा राष्ट्रप्रति इमान्दार र परिवर्तनप्रति सङ्कल्प भएको जनताको प्रिय नेता हुनुहुन्थ्यो।'

ने क पा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले साँवाले देश र जनतालाई पुर्‍याएको योगदानबाट नयाँ पुस्ताले सिक्दै देशको नेतृत्व गर्नुपर्नेमा जोड दिए। नेकपा (माले)का महासचिव सिपी मैनालीले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउँदै शहीदको सपना पूरा गर्नेतर्फ अग्रसर हुन सरकारसँग आग्रह गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell