PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महरा प्रकरणः अदालतले दिएको म्याद सकियो, के हुँदैछ अनुसन्धान?



पहिलोपोस्ट

महरा प्रकरणः अदालतले दिएको म्याद सकियो, के हुँदैछ अनुसन्धान?

काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएको छ। असोज १९ गतेबाट लागू हुनेगरी १३ दिने म्याद थप भएकोमो उक्त अवधि सकिएको हो। तर, प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो।

असोज २८ गते म्याद थप भएको थियो। असोज १९ गतेबाट लागू हुनेगरी १३ दिन म्याद थप भएको थियो।

अदालतले दिएको समयसीमा सकिएपछि प्रहरीले महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउने तयारी गरेको छ। साथै अनुसन्धानका लागि थप प्रक्रिया पनि अघि बढाएको छ।

‘अदालतले दिएको समयसीमा सकिएको छ। हामी आज अदालतलमा पुनः उपस्थित गराउँछौँ। अहिलेसम्म बयान पूर्ण हुन सकेको छैन। स्वास्थ्य समस्याले बयान हुन नसक्ने अवस्थामा आएमा कानुन बमोजिमको प्रक्रिया अघि बढाउँछौँ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

डिएसपी कृष्ण चन्दको नेतृत्वमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सम्भवतः म्याद थप अघि वा पछि आइतबार नै महराको बयान पनि हुनेछ।

अस्पतालमै भए पनि बयान गर्ने तयारी प्रहरीको छ।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

प्रहरीले प्रहरीले सभामुख निवासमा खानतलासीदेखि आफन्त र पीडित महिलासँग पनि प्रारम्भिक सोधपुछ गरिसकेको छ। घटनास्थलमा प्रहरीले भाँचिएको चस्मा, जुत्ता तलुवा फेला पारेको थियो।

अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक पक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

पूर्पक्षको लागि थुनामा रहेमा सांसद् पदबाट महरा स्वतः निलम्बित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell