PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ला लिगा: बार्सिलोनाको जित, एथ्लेटिकोको बराबरी र रियल मड्रिडको हार



पहिलोपोस्ट

ला लिगा: बार्सिलोनाको जित,  एथ्लेटिकोको बराबरी र रियल मड्रिडको हार

स्पेनिस ला लिगाको हिजो भएको खेलमा बार्सिलोनाले इबरलाई ३–० ले हराएको छ। जितका लागि बार्सिलोनाले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो।

खेलमा सुरुबाटै दबाब बनाएको बार्सिलोनाका लागि खेलको १३ औं मिनेटमा गोल गर्दै एन्टोनी ग्रिजम्यानले अग्रता दिलाएका थिए। उनको गोलसँगै पहिलो हाफमा १ गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफको सुरुमै अर्को गोल थप्यो। खेलको ५८ औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। फेरि, ६६ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोनाले इबरमाथि ३–० को जित निकाल्यो।

एथ्लेटिकोको बराबरी

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको र भ्यालेन्सियाले बराबरी खेलेका छन्। घरेलु मैदानमा लिएको अग्रता खेलको अन्तिम समयमा आएर जोगाउन नसक्दा एथ्लेटिकोले अंक बाँड्‍नु परेको हो।

खेलको ३६ औं मिनेटमा डिएगो कोस्टाले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहे पनि ८२ औं मिनेटमा पेरेजोले भ्यानेन्सियाका लागि गोल गर्दा खेल बराबरीमा रोकिएको थियो।

रियल पराजित

अर्को खेलमा रियल मड्रिड मालोर्कासँग पराजित भएको छ। लागो जुनियरले खेलको ७ मिनेटमै गोल गरेका थिए। त्यसपछि कुनै टिमले गोल गर्न नसक्दा रियल १–० ले पराजित हुन पुग्यो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell