PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनका लागि बिहीवार अजरबैजान जाने



पहिलोपोस्ट

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनका लागि बिहीवार अजरबैजान जाने
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही बिहीवार अजरबैजान जाने भएका छन्। प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको राजधानी बाकु जाने भएका हुन्। बाकुमा अक्टोबर २५ र २६ मा उक्त सम्मेलन हुँदैछ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु सामेल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले २६ अक्टोबरका दिन सम्मेलनलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति  इहाम आलियेभले आयोजना गर्ने रात्रिभोजमा २५ अक्टोबरका दिन सहभागी हुनेछन्।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका प्रतिनिधिमण्डलका नेतासँग दुईपक्षीय वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली २७ अक्टोबरमा स्वदेश फर्कने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell