PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीलाई बयान दिन आनाकानी गरेका महरा सरकारी वकिल कार्यालयमा बयान दिँदै, अस्पतालबाट वकिल कार्यालय पुर्‍याइयो



पहिलोपोस्ट

प्रहरीलाई बयान दिन आनाकानी गरेका महरा सरकारी वकिल कार्यालयमा बयान दिँदै, अस्पतालबाट वकिल कार्यालय पुर्‍याइयो

काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बयानको लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको छ। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नर्भिक अस्पताल भर्ना भएका महरालाई अस्पतालबाट सीधै सरकारी वकिल कार्यालयमा लगिएको हो।

अनुसन्धानका लागि अदालतले दिएको म्याद आज सकिएको छ। असोज १९ गतेबाट लागू हुने गरी १३ दिने म्याद थप भएकोमो उक्त अवधि सकिएको हो। तर, प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै पक्राउ गरेको तीन दिनपछि नै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो। प्रहरीले महराको बयानपछि अनुसन्धानको अभियोगपत्र तयार पारेर सरकारी वकिललाई  बुझाउनेछ। सरकारी वकिल कार्यालयले अनुसन्धान सही लागेमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराउनेछ।

असोज २८ गते म्याद थप भएको थियो। असोज १९ गतेबाट लागू हुनेगरी १३ दिन म्याद थप भएको थियो।

अदालतले दिएको समयसीमा सकिएपछि प्रहरीले महरालाई आइतबार पुनः अदालतमा उपस्थित गराउने तयारी गरेको छ। साथै अनुसन्धानका लागि थप प्रक्रिया पनि अघि बढाएको छ।

डिएसपी कृष्ण चन्दको नेतृत्वमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सम्भवतः म्याद थप अघि वा पछि आइतवार नै महराको बयान पनि हुनेछ।

असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको महरामाथि आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

प्रहरीले प्रहरीले सभामुख निवासमा खानतलासीदेखि आफन्त र पीडित महिलासँग पनि प्रारम्भिक सोधपुछ गरिसकेको छ। घटनास्थलमा प्रहरीले भाँचिएको चस्मा, जुत्ताको तलुवा फेला पारेको थियो।

अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक पक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

पूर्पक्षको लागि थुनामा रहेमा सांसद् पदबाट महरा स्वतः निलम्बित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell