PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हास्य टेलिसिरियल 'हिजो आजका कुरा' मा अब फिल्म बन्ने, कात्तिक २३ देखि छायांकन शुरु



पहिलोपोस्ट

हास्य टेलिसिरियल 'हिजो आजका कुरा' मा अब फिल्म बन्ने, कात्तिक २३ देखि छायांकन शुरु

काठमाडौं : नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’मा फिल्म बन्ने भएको छ। हिजो आजको कुरालाई कलाकार सन्तोष पन्तको छोरा साकार पन्तले निर्देशन गर्न लागेका हुन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि फिल्मको ‍औपचारिक घोषणा गरिएको हो। पन्त फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा टेलिसिरियल हिजो आजका कुराकै जोडी सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहनेछ। फिल्ममा सन्तोष र रमासँगै केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहनेछ।

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौका चार परिवारहरुको समस्या संघर्ष आतुरता जस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशी सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई यस फिल्ममा प्रस्तुत गरिने सन्तोष पन्तले बताए।

‘हास्य टेलिसिरियल हिजो आजको कुरा दर्शकहरुले निकै रुचाउनु भएको थियो तर केही कारणले बीचमै यो कार्यक्रम रोकियो। अब यो ब्रान्डलाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ यो फिल्म ल्याउने प्रयत्न गरेका छौं,' सन्तोषले भने।

त्यस्तै नायिका ऋचा शर्माले पनि यो टिमसँग जोडिन पाँउदा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘धेरै भएको थियो राम्रो काम नगरेको, फिल्मको स्क्रिप्ट पनि राम्रो बनेको छ। हिजो आजको कुरा एकदम विशेष बन्ने छ र यो फिल्म मेरो करियरकै विशेष फिल्म हुनेछ।’

सन्दीप किस्नाको लेखन रहेको यस फिल्ममा सन्तोष पन्त र साकार पन्तको कथा रहेको छ। हिजो आजलाई कमेडी जनरामा निर्माण गरिनेछ। साथै फिल्मको छायांकन कात्तिक २३ गतेदेखि सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell