PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बमकाण्डका आरोपी सांसद आलम अझै पाँच दिन हिरासतमा, आलम भन्छन्– हुँदै नभएको घटनामा फसाइयो



पहिलोपोस्ट

बमकाण्डका आरोपी सांसद आलम अझै पाँच दिन हिरासतमा, आलम भन्छन्– हुँदै नभएको घटनामा फसाइयो
फाइल फोटो

काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतवार जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि पाँच दिन थप गरेको छ।  पहिलो पटक जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएका थिए। प्रहरीले म्याद सकिएपछि आज आलमलाई अदालतमा उपस्थित गराएको थियो।

विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्‍याइएको थियो। आलमले अदालतबाट बाहिरिँदै सञ्चारकर्मीसँग हुँदै नभएको घटनामा आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिएका थिए।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्। आइतवार बिहान निवासबाटै आलम पक्राउ परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell