PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

डब्लुसिएल : चितवन राइनोजको लगातार चौँथो जित, विराटनगर टाइटान्स ५३ रनले पराजित



पहिलोपोस्ट

डब्लुसिएल : चितवन राइनोजको लगातार चौँथो जित, विराटनगर टाइटान्स ५३ रनले पराजित
फोटो : चितवन राइनोजको फेसबुक फेज।

काठमाडौं : जारी वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा चितवन राइनोजले लगातार चौँथो जित निकालेको छ। आजको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटान्सलाई ५३ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। चितवनका लागि काजल श्रेष्ठले ३६, कन्चन श्रेष्ठले ३४, कप्तान इन्दु बर्माले १७ तथा सुमन खतिवडाले १० रन जोडिन्।

विराटनगरका लागि सबनम राईले २ तथा सोनु खड्का, सर्मिला मगर र आरती बिडारीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १७ दशमलव पाँच ओभरमा अलआउट हुँदै ६९ रन मात्रै बनाउन सक्यो। विराटनगरका लागि ज्योती पाण्डे र डोली भट्टले २१/२१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

चितवनका लागि कविता गौतमले ३, सुमन खतिवडाले २ तथा रेखा रावल, सन्तोषी चौधरी र रितु कनौजियाले १/१ विकेट लिए। ३ विकेट लिने गौतम प्लेयर अफ द म्याच भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell