PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इपिएल: अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेडले अंक बाँड्यो



पहिलोपोस्ट

इपिएल: अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेडले अंक बाँड्यो
तस्बिर: लिभरपुल फुटबल क्लब

इंग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन्। घरेलु मैदानमा लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले अंक बाँड्न पर्‍यो।

खेलको पहिलो हाफमा युनाइटेडले गोल गरेको थियो भने दोस्रो हाफमा लिभरपुलले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो।

खेलको ३६ औं मिनेटमा गोल गर्दै मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहे पनि दोस्रो हाफमा लिभरपुलका लागि ललानाले गोल गरे। खेलको ८५ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएका हुन्।

यो बराबरीसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा कायम रहेको छ। लिभरपुलले जारी सिजन ९ खेलमा ८ जित र १ बराबरी खेल्दै २५ अंक जोडेको छ। यता म्यानचेस्टर युनाइटेड भने हिजोको खेलपछि तालिकाको १३ औं स्थानमा छ। उसले ९ खेल खेल्दै २ जित ४ बराबरी र ३ पराजय भोग्दै १० अंक जोडेको छ।

तालिकाको दोस्रो स्थानमा म्यानचेस्टर सिटी १९ अंक सहित दोस्रो स्थानमा छ। त्यस्तै समान १७ अंक जोडेका लेस्टर सिटी र चेल्सी क्रमश तालिकाको तेस्रो र चौथो स्थानमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell