PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दश लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ



पहिलोपोस्ट

दश लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ

काठमाडौं : प्रहरीले अवैध विदेशी मुद्रासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, गुल्मी धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाटका ३० वर्षीय  कमल सुनार, स्याङ्जा गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट One million Euro लेखेको त्रिभुजाकार धातु एक थान बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरुहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले नोट परिक्षणको लागि नेपाल राष्ट्र बैकमा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell