PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

उपनिर्वाचनका लागि कात्तिक १३ गतेसम्म उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन



पहिलोपोस्ट

उपनिर्वाचनका लागि कात्तिक १३ गतेसम्म उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन

काठमाडौं :  राष्ट्रिय जनता पार्टी  नेपाल (राजपा) ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १३ गतेसम्म केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको निर्वाचनका लागि आ–आफ्नो जिल्लामा प्रत्येक पदका लागि ३/३ सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन दिएका हुन्।

विज्ञप्तिमा जिल्ला अध्यक्ष मण्डलको बैठकबाट छनोट गरी उम्मेदवारको नामावली  कात्तिक १३ गते बेलुकी ५ बजेसम्म अनिवार्य रुपमा केन्द्रमा पठाउन भनिएको छ। 

आगामी मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell