PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

संक्रमणकालीन आयोगका पदाधिकारी सिफारिसका लागि ने क पा र कांग्रेसबीच छलफल



पहिलोपोस्ट

संक्रमणकालीन आयोगका पदाधिकारी सिफारिसका लागि ने क पा र कांग्रेसबीच छलफल
फाइल फोटो

काठमाडौं : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन गठित दुई आयोगका पदाधिकारी सिफारिसका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र प्रतिपक्ष दल नेपाली कांग्रेसबीच बालुवाटारमा छलफल जारी छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिसका लागि प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुबीच बैठक चलिरहेको बुझिएको छ।

सात महिनाअघि सर्वोच्च अदालतका पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले अझै पदाधिकारी सिफारिस गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell