PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्यानमार यू २३ सँग खेल्ने नेपाली यू २३ टोलीको घोषणा



पहिलोपोस्ट

म्यानमार यू २३ सँग खेल्ने नेपाली यू २३ टोलीको घोषणा

काठमाडौं : म्यानमार यू २३ सँग खेल्ने यू २३ नेपाली टोलीको घोषणा भएको छ। शुक्रवार कतारको दोहामा हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीको घोषणा गरेका हुन्।

नेपाल र म्यानमारबीचको खेललाई एन्फाले नजिकिँदै गरेको साफको तयारीका रुपमा हेरेको छ भने म्यानमारले साउथ इस्ट एसियन गेम (एसइए) को तयारीका रुपमा लिएको छ।

म्यानमारसँगको खेल नेपालका लागि साफ तयारीमा महत्वपूर्ण हुने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतिक्रिया दिएका छन्। 'म्यानमारसँगको एक्सपोजर म्याच नेपालका लागि राम्रो पक्ष हो। यो प्रतिस्पर्धात्मक खेल हुनेछ। जसले साफको तयारीमा महत्वपूर्ण भूमिका खेल्ने छ,' महर्जनले भने।

नेपाली टोली मंगलबार बिहान दोहा प्रस्थान गर्ने एन्फाले जनाएको छ।

नेपाली टोली

अनन्त तामाङ, अन्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजबंशी, तेज तामाङ, अभिशेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ्, अर्पण कार्की, दीप कार्की, देव लिम्बु,  नितिन थापा, सेसेहाङ आङदाङवे, मिक्छेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ, सुमन अर्याल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell