PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ऋतिक र टाइगरको 'वार' ३ सय करोड क्लबमा



पहिलोपोस्ट

ऋतिक र टाइगरको 'वार' ३ सय करोड क्लबमा
फोटो : Hindustantimes.com ।

मुम्बई : बलिउड फिल्म 'वार' ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। वारले यो वर्षको सार्वाधिक व्यापार गर्ने बलिउड फिल्मको रेकर्ड बनाँउदै ३ सय करोड क्लबमा प्रवेश गरेको छ।

यसराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मले केही दिन अघि मात्र 'कबिर सिंह' र 'उरी द सर्जिकल स्ट्राइक' लाई पछि पार्दै सार्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको थियो।

साथै सिद्धार्थ आनन्द निर्देशित वारले दर्शक तथा समिक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। वारले सुरुवाती दिनमा ७३ करोड ३५ लाख कमाइ गर्दै आक्रमक ‍ओपनिङ गरेको थियो। वारलाई ऋतिक र टाइगर दुबैको करियरकै सार्वाधिक हिट फिल्मका रुपमा लिइएको छ। यो फिल्म हिन्दी, तमिल र तेलेगु गरि तीनवटा भाषामा रिलिज गरिएको थियो।

एक्सन जनरामा निर्माण यस फिल्ममा ऋतिक र टाइगरसँगै वाणी कपूरको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell