PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

तिहारका लागि भारतबाट गुणस्तरहीन मिठाई ल्याएर बेच्ने २ जना पक्राउ



एम बम

तिहारका लागि भारतबाट गुणस्तरहीन मिठाई ल्याएर बेच्ने २ जना पक्राउ

कैलाली : अवैध तथा गुणस्तरहीन मिठाईसहित कैलालीबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेमन्त नेपाली र रमेश बहादुर धामी रहेको प्रहरीले जनाएको छ।

सोमवार कैलाली प्रहरीले भारतबाट भन्सार छली गरेर साइकलमा मिठाई ल्याउँदै गरेको अवस्थामा हेमन्त नेपालीलाई पक्राउ रहेको हो। प्रहरीले उनलाई सोधपुछ गर्दा उनी अवैध मिठाई नेपाल भित्राउने काममा सक्रिय रहेको खुल्न आएपछि प्रहरीले उनकै सहयोगमा धनगढी उप महानगरपालिका वडा नम्बर ८ बाट रमेश बहादुर धामीलाई पनि पक्राउ गरेको छ।

धामी वडा नम्बर ८ मा डेरा गरी बस्दै आएका थिए। त्यस लगत्तै सो स्थानमा प्रहरी टोली गएर खान तलासी गर्दा २ कोठे कच्ची घर भित्र १७५ पेटी सोनपापडी, ८ पेटी पेडा, ४५ पेटी मिल्क केक र मिठाई प्याक गर्ने कागजसहित धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार धामीले उक्त परिमाणको मिठाई तिहारका लागि प्याकिङ गरेको खुलेको छ। तर उक्त मिठाईका पेटीमा म्याद नाघ्नेका र गुणस्तरहीन मिठाई रहेको कार्कीले बताए।

सो परिमाणको मिठाई भारतबाट अवैध तरिकाले नेपाल भित्रिएको र पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि भन्सार कार्यालय कैलाली बुझाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell