PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

भ्रष्टाचार र कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा



पहिलोपोस्ट

भ्रष्टाचार र कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा

वीरगंजः भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख गमबहादुर विक सरकारी कागजात कीर्ते मुद्दामा धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतमा चलिरहेको मुद्दामा विक दुई लाख २५ हजार धरौटीमा रिहा भएका हुन्। 

थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। फरार रहेका उनी सोमबार बिहान अदालतमा हाजिर भएका थिए। 

यसअघि सोही घटनामा जोडिएका भूमिसुधारका कर्मचारी नायव सुब्बा मन्सुर अन्सारी र प्राणनाथ कसजु पनि धरौटीमा रिहा भएका थिए। 

यस्तै, नक्कली मोही कीर्ते गर्ने वीरगंज १५ भीस्वाका नागेश्वर राउत कुर्मी र निजका छोरा रनु पटेल पनि धरौटीमा रिहा भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell