PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जापानमा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता, कोविन्दले स्वीकारे नेपाल भ्रमणको निम्तो



रासस

जापानमा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता, कोविन्दले स्वीकारे नेपाल भ्रमणको निम्तो

टोकियो : जापानका सम्राट नोरुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जापानमा छिन्। त्यसक्रममा राष्ट्रपति भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज भेटवार्ता भएको छ।

कोविन्द राष्ट्रपति भएपछि दुई समकक्षीबीच भएको पहिलो भेटमा भण्डारीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।  कोविन्दले भ्रमणको निमन्त्रणा स्वीकार्दै कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताएका थिए। कोविन्द सन् २००६ मा सांसद हुँदा नेपाल भ्रमणमा आएका थिए।

भेटमा दुवै नेताले नेपाल भारतबीचको सम्बन्धलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरेका थिए।

परराष्ट्र सचिव शङ्करदास वैरागीका अनुसार भेटका क्रममा भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनुका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको बारेमा चर्चा भएको थियो। दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरेका थिए।

दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ। नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेको र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell