PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तिहारको लागि तयार भए मखमली माला

तिहारको लागि तयार भए मखमली माला

प्रवीण रानाभाट/पहिलोपोस्ट


सोमबार भक्तपुर सूर्यविनायकभन्दा दक्षिणको गाउँ गुण्डुमा तिहारको माहोल बेग्लै देखिन्थ्यो। फूल टिप्न र माला गाँस्न बस्नेहरुको भीड नै देखिन्थ्यो। टिप्नेले माला बनाउनेसम्म फूल पुर्‍याउने र फूल जम्मा पारेर माला गाँस्नेहरुलाई भ्याइनभ्याइ।

नीतु नगरकोटीले ५ रोपनी जग्गामा फूल रोपेकी हुन् यसपाला। पानीले भनेजति राम्रो हुन दिएन। 'मागअनुसार दिन नै सकिएन,' नीतुले भनिन्।

३५ वर्षीया नीतु २० वर्षयता यही व्यवसायसँग जोडिएकी छिन्। उनको अहिलेको दैनिकी पूरै व्यस्त छ।

बिहानैदेखि फूल टिप्न व्यस्त देखिने नीतु बिहान ९ बजेसम्म फूल टिप्छिन्। त्यसपछि छोरीलाई स्कुल पठाउने र घरधन्दा भ्याउँछिन्। दिउँसो चाहिँ माला बनाउनमै व्यस्त हुन्छिन्।

फूल फूलाएपछि बजारको कठिनाइ छैन। गाडी लिएरै गुन्डू पुग्छन् व्यापारीहरु। तिहारको बेला फूलको माग बढी हुने हुने भएकाले परिवारका सबैजना यही पेशामा जोडिन्छन्। त्यतिले नभ्याएदेखि खेताला नै चाहिन्छ फूल टिप्न र माला गाँस्न। यहाँको एक परिवारले ३ हजारदेखि ४ हजार वटासम्म माला बेच्ने गर्छन्। यहाँको नगरकोटी बस्तीमा पूरै फूल लगाएको देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell