PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली यू २३ फुटबल टोलीको बिदाइ



पहिलोपोस्ट

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली यू २३ फुटबल टोलीको बिदाइ

काठमाडौं : म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली यू २३ फुटबल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ। साफ तयारीका लागि म्यानमारसँग खेल्न कतारको दोहा जान लागेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले साग तयारीका लागि मैत्रीपूर्ण खेल भएकाले राम्रो खेल खेल्दै देशको गौरव बढाउन शुभकामना दिए। कार्यक्रममा बोल्‍दै सिलवालले अझै अर्को मैत्रीपूर्ण खेल गराउन प्रयास गरिरहेको संकेत गरे।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले म्यानमार नेपाली टोलीभन्दा फिफा वरीयतामा अगाडि रहेको टोली भएकाले यो खेल साफ तयारीका लागि नेपालको हकमा महत्वपूर्ण हुने बताए।

नेपाल र म्यानमारबीचको खेललाई एन्फाले नजिकिँदै गरेको साफको तयारीका रुपमा हेरेको छ भने म्यानमारले साउथ इस्ट एशियन गेम (एसइए) को तयारीका रुपमा लिएको छ।

नेपाली टोली मंगलवार बिहान दोहा प्रस्थान गर्ने एन्फाले जनाएको छ।

नेपाली टोली

अनन्त तामाङ, अन्जन विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजबंशी, तेज तामाङ, अभिशेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ्, अर्पण कार्की, दीप कार्की, देव लिम्बु, नितिन थापा, सेसेहाङ आङदाङवे, मिक्छेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ, सुमन अर्याल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell