PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री र मैले समझदारीमा अगाडि जाने संकल्प गरेका छौं : प्रचण्ड



पहिलोपोस्ट

प्रधानमन्त्री र मैले समझदारीमा अगाडि जाने संकल्प गरेका छौं : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्।

आज पाँचथरमा पत्रकारसँग कुराकानी गर्दे प्रचण्डले हल्लाको पछि लागेर भ्रममा नपर्न पनि आग्रह गरे।

प्रचण्डले भने, ‘हिजो मात्रै प्रधानमन्त्री र म २ घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लैजाने भनेर समीक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं। होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्न अपिल गर्छु।’

पछिल्लो समय ओली र प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा दूरी बढेको आंशकासमेत भइरहेके छ। प्रचण्डले प्रतिपक्षी दल कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा 'हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ' र 'कांग्रेससँग पहिले पनि भएको र फेरि पनि सहकार्य हुँदै जानेछ' जस्ता अभिव्यक्तिले यस्तो आशंका उब्जाएका थिए। उनले यति मात्र नभएर पछिल्लो समय ने क पाभित्र ग्यास्ट्रिक बढेको, क्यान्सर नभै सके पनि अल्सर भएको समेत भनेका थिए।

उनले पार्टी एकताका बाँकी काम छिट्टै सकिने बताए। पार्टी एकताका बेलाका सहमति कार्यान्वयनमा अघि बढेको बताए।

उनले प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल पुनर्गठन हुने बताए। उनले भने, 'जतिबेला प्रधानमन्त्रीले चाहानुहुन्छ त्यतिबेला मन्त्रिमण्डल पुनर्गठन हुन्छ, जतिबेलासम्म चाहनुहुन्न त्यतिबेलासम्म हुँदैन।'

उनले शान्ति प्रकियाका बाँकी कामहरु टुंग्याउने अन्तिम निष्कर्षमा पुगेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell