PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'घामड शेरे'पछि निश्चल र स्वस्तिमाको 'दिमाग खराब'



पहिलोपोस्ट

'घामड शेरे'पछि निश्चल र स्वस्तिमाको 'दिमाग खराब'

काठमाडौं : निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म 'घामड शेरे' को प्रदर्शन मिति नजिकिएसँगै निश्चलले अर्को नयाँ फिल्म 'दिमाग खराब' को घोषणा गरेका छन्।

सिमोस सुनुवारले निर्देशन गर्न लागेको फिल्म 'दिमाग खराब'मा निश्चलसँगै स्वस्तिमा खड्काको लिड रोल रहने बताइएको छ। दिमाग खराबलाई निश्चल आफैंले निर्माण गर्दैछन्। तर फिल्मको प्रावाधिक पक्ष र अन्य कलाकारको नाम भने घोषणा गरिएको छैन।

त्यसो त फिल्म 'घामड शेरे' मार्फत् निश्चल र स्वस्तिमाले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका हुन्। फिल्ममा उनीहरु भेना–सालीको भूमिकामा प्रस्तुत भएका छन्। निश्चल स्वस्तिमाको पहिलो फिल्म 'घामड शेरे' प्रदर्शन हुनुअघि नै उनीहरुकै लिड रोल रहने अर्को नयाँ फिल्मको घोषणा भइरहँदा अब निश्चल र स्वस्तिमाको सहकार्य रहेको पहिलो फिल्म कति सफल हुन्छ त्यो भने चासोको विषय बनेको छ। फिल्म 'घामड शेरे' कात्तिक ८ गतेदेखि देशभरि प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell