PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

सार्वजनिक रुपमा माफी माग्ने सहमतिमा प्रहरीले छोड्यो गायक दुर्गेश थापालाई



पहिलोपोस्ट

 सार्वजनिक रुपमा माफी माग्ने सहमतिमा प्रहरीले छोड्यो गायक दुर्गेश थापालाई

काठमाडौं : बीच बीचमा बोलको तीज गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा रिहा भएका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार थापालाई नियन्त्रणमा लिएको थियो।

अबदेखि लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेर गीत नगाउने प्रतिबद्धता जनाएपछि गायक थापालाई छोडिएको हो। 'सार्वजनिक रुपमा उहाँले माफी माग्नुभयो। अबदेखि यस्तो नगर्ने शर्त राखेपछि छोडिदिएको हो,' महाशाखाका एसएसपी सहकुल थापाले भने।

प्रहरीको नियन्त्रणमा रहेका थापाले युट्युबमा अपलोड भएको भिडियो भने हटाइसकेका छन्।

थापा 'हयाप्पी तिहार चिसो बियर' बोलको गीत सार्वजनिक गरेसँगै विवादमा फसेका थिए। यसअघि उनले फिल्म 'छ माया छपक्कै'मा गाएको प्रमोशन गीत पनि विवादमा तानिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell