PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ललितपुरमा दुर्घटनामा दुई जनाको मृत्यु



रासस

ललितपुरमा दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीय नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार गाडीले बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए। चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ।

आजै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको ट्रकले ठक्कर दिँदा इमाडोल बस्दै आएका सिन्धुपाल्चोकको गोल्छेका ४० वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell