PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

चिनियाँ राष्ट्रपति आउँदा र जाँदा फेरियो अनुहार : नेता नेपाल



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति आउँदा र जाँदा फेरियो अनुहार : नेता नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट कुनै देशले आत्तिनु नपर्ने बताएका छन्।

आज मदन भण्डारी अध्ययन प्रतिष्ठानले आयोजना गरेको 'चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमाथिको परिचर्चा कार्यक्रममा नेता नेपालले सीको भ्रमणबाट नेपालको सुरक्षाप्रतिको विश्वस्ततामा पनि वृद्धि भएको बताए।

उनले छिमेकी दुई देशको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए। नेता नेपाले सीको भ्रमणलाई भौतिक लाभको रुपमा मात्र हेर्न नहुने बताए।

सी आउँदा र फर्कँदा उनले देखाएको अनुहारले नै कस्तो असर पर्‍यो भन्ने स्पष्ट पार्ने नेता नेपालको भनाइ थियो।

उनले भने, 'सी आउँदा कताकता गम्भीरजस्तो। जाँदा प्रफुल्ल भएर गएको देख्दा अनुहारले नै राम्रो असर परेको छ भन्ने देखाएको छ।'

नेपालले सीको भ्रमणले देशको अन्तर्राष्ट्रिय छवि बढाएको पनि बताए। नेता नेपालले चीनको खुलेरै प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell