PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

शरीरमा मट्टितेल छर्केर आत्महत्या गर्न खोज्ने एक युवक गम्भीर घाइते



राधेश्याम पटेल

शरीरमा मट्टितेल छर्केर आत्महत्या गर्न खोज्ने एक युवक गम्भीर घाइते

वीरगन्ज : वीरगन्जमा एक जना युवक आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाइ आत्महत्या गर्न खोज्दा गम्भीर रुपमा घाइते भएका छन्। वीरगन्ज–२ छपकैयाका २० वर्षीय सबिर मिया ठकुराईले आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएका हुन्।

ठकुराईको करिव ५० प्रतिशत शरीर जलेको पर्सा प्रहरीले जनाएको छ। बिहान साढे ९ बजे आफ्नै घर नजिकै शरीरमा मट्टि तेल छर्केर उनले आत्महत्या गर्ने प्रयास गरेको देखेपछि परिवारजन र छिमेकीले उनलाई उद्धार गरी अस्पताल पु¥याएका थिए।
उनको नारायणी अस्पताल वीरगन्जमा प्रारम्भिक उपचार गरी रक्सौलको डंकन अस्पतालमा रिफर गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए।

घाइते सबिर विगत केही वर्षदेखि लागुऔषध दुर्व्यसनमा लागेको र परिवारसँगको रिसमा उनले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सबिर बाआमा र तीन दाजुभाइसँगै घरमै बसोबास गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell