PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र टोटेनहमको सहज जित, पहिलो जितका लागि रियल मड्रिडको संघर्ष



पहिलोपोस्ट

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र टोटेनहमको सहज जित, पहिलो जितका लागि रियल मड्रिडको संघर्ष
तस्बिर : म्यानसिटी/ टोटेनहम/रियल मड्रिड

च्याम्पियन्स लिगको गएराति भएको खेलमा म्यानचेस्टर सिटीले एटलान्टामाथि सहज जित निकालेको छ। गएराति भएको खेलमा स्टर्लिङको ३ गोल र अग्युरोको २ गोलको सहायतामा म्यानचेस्टर सिटीले ५–१ को सहज जित निकालेको हो। यता एटलान्टिकाका लागि मालिनोभोस्कीले पेनाल्टी मार्फत सान्त्वना गोल गरेका थिए।

खेलको पहिलो हाफमा अग्युरोले २ गोल गरेका थिए। २८औं मिनेटमा पेनाल्टीमार्फत मालिनोभोस्कीले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। तर, ३४ औं मिनेटमा अग्युरोले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ३८ औं मिनेटमा पेनाल्टी मार्फत अग्युरोले गोल गर्दा पहिलो हाफमा सिटीले २–१ को अग्रता लिएको थियो।

दोस्रो हाफमा भने स्टलिङ सुरुबाटै हावी भए। उनले ५८, ६४ र ६९ मिनेटमा गोल गर्दा म्यानचेस्टर सिटीले ५–१ को जित निकाल्न सफल भयो।

टोटेनहमको फराकिलो जित

गएराति नै भएको अर्को खेलमा टोटनहमले  रेडस्टार बेलग्रेडलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो। टोटेनहमका लागि सनह्युङ मिन र ह्यारी केनले समान २–२ गोल गरे। त्यस्तै लामेलाले १ गोल गरेका थिए।

 खेलको ९औं मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। फेरि १६ औं र ४४ औं मिनेटमा सन ह्युङमिनले गोल गर्दा टोटेनहम पहिलो हाफमा ३–० ले अघि थियो। दोस्रो हाफमा फेरि केन र लामेलाले गोल थपे। खेलको ५७ औं मिनेटमा लामेलाले तथा ७२ औं मिनेटमा केनले गोल गर्दा टोटेनहमले ५–० को सहज जित निकाल्यो।

रियलको पहिलो जित

रियल मड्रिडले गलातासारेमाथि जित निकाल्दै च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ। गएराति भएको खेलमा रियलको जितका लागि क्रुसले १८ औं मिनेटमा निर्णायक गोल गरेका थिए। जारी सिजन ३ खेल खेलेको रियलले १ जित, १ हार र १ बराबरी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell