PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एएफसी फुटसल क्वालिफायर्स : नेपालले बलियो ताजकिस्तानको सामना गर्ने



पहिलोपोस्ट

एएफसी फुटसल क्वालिफायर्स : नेपालले बलियो ताजकिस्तानको सामना गर्ने

एएफसी फुटसल क्वालिफायर्समा आज नेपाली फुटसल टोलीले ताजकिस्तानको सामना गर्दै छ। सन् २०२० मा तुर्कमेनिस्तानमा हुने फुटसलको छनोट अन्तर्गत आज नेपालले ताजकिस्तानसँग पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिनको दिउँसो ३:१५ मा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।

त्यस्तै समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

प्रतियोगिताबारे बोल्दै प्रशिक्षक विष्णु गुरुङले आफूहरुले राम्रो तयारी गरेको बताएका छन्।

'छोटो समय भएपनि हाम्रो तयारी राम्रै भएको छ। टिम राम्रो बनेको छ। हामी मैदानमा उत्र न तयार छौ।' प्रशिक्षक गुरुङले भने,  'अहिले हाम्रो टोलीमा धेरै खेलाडी परिवर्तन भएका छन्। टोलीमा युवा तथा नेपाली फुटबलमा लामो समयको अनुभब बटुलेका खेलाडीले छन्। जसले गर्दा टोलीको बोन्डीङ राम्रो बनेको छ।'

प्रशिक्षक गुरुङले नेपाली टोली पहिला जस्तो कमजोर नभएको बताउँदै अहिले टिममा धेरै परिवर्तन आएको संकेत गरे। उनले खेलाडीलाई डिफेन्सीभसँगै काउन्टर अट्याकिङ पोजिसनमा मैदान उतार्ने बताए।

अर्कोतर्फ ताजिकिस्तानका प्रशिक्षक डेजान डेडोभिकले आफ्नो लक्ष्य दोस्रो चरण प्रवेश रहेको बताउँदै त्यही अनुरुपको तयारी आफूहरुको रहेको बताएका छन्। नेपालले दोस्रो खेलमा २४ अक्टोबरमा उज्बेकिस्तानसँग र तेस्रो खेलमा २५ तारिक अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टिम

अनिस श्रेष्ठ, सुमित आले, सञ्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राणा, अरुज सिंह, बिजय श्रेष्ठ, बिजय गुरुङ, सुरज गुरुङ, बिनोद गुरुङ, आशिस लामा, मनि लामा, निर्मल गुरुङ

मुख्य प्रशिक्षक विष्णु गुरुङ

प्रशिक्षक गौरव बस्नेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell