PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लेनदेनको विषयमा विवाद हुँदा घरमै चल्यो गोली, साहको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

लेनदेनको विषयमा विवाद हुँदा घरमै चल्यो गोली, साहको घटनास्थलमै मृत्यु

काठमाडौँः धनुषामा बुधबार बिहान गोली चलेको छ। गोली लागेर जनकपुर उपमहानगरपालिका १ का मनोज साहको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक रहेको पंकज चौधरीको घरमा नै गोली प्रहार भएको हो।

'उनीहरुबीच लेनदेनको विषयमा विवाद हँदा गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने।

हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल, कटुवा पेस्तोल एक/एक थान र २१ थान गोली समेत बरामद गरेको छ।

उनीहरु स्थानीय निर्माण व्यवसायी भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell