PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जापानमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को टप ३ नोमिनेशन सार्वजनिक



पहिलोपोस्ट

जापानमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को टप ३ नोमिनेशन सार्वजनिक

काठमाडौं : जापानको टोकियोमा हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को उत्कृष्ट टप ३ नोमिनेशन सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नोमिनेशन सार्वजनिक गरिएको हो।

उक्त अवार्ड आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने बताइएको छ। यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ। नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने आयोजकले जानकारी दिए। अवार्ड अगाडि जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ। जसमा स्थानीय मिडियाकर्मीसँगको भेटघाट, फिल्म र पर्यटनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन्। नेपाली फिल्मी क्षेत्रलाई नै फाइदा पुर्‍याउने उद्देश्यले अवार्ड आयोजना गर्न लगिएको हो।  

सूर्य इन्टरनेशनल अवार्डले नेपाल सरकारको नेपाल भिजिट वर्ष २०२० लाई पनि सहयोग पुग्ने बताइएको छ। १५ सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० भन्दा बढी सेलिब्रेटी तथा मिडियाकर्मीहरु सहभागी हुनेछन्। अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीहरुलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ।

दर्ता आह्वान गरिएको मितिसम्ममा दर्ता भएका फिल्ममध्येबाट टप ३ लाई छनोट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो। अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ।

फिल्म विधातर्फ

१ फिल्म

प्रसाद– सुभाष थापा फिल्म प्रोडक्सन

छक्का पञ्जा– आमा सरस्वती मुभिज

ए मेरो हजुर ३– सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक

मिलन चाम्स– बोबी

झरना थापा– ए मेरो हजुर ३

दीपा श्री निरौला– छक्का पञ्जा ३

३ अभिनेता

बिपिन कार्की– प्रसाद

अनमोल केसी– क्याप्टेन

प्रदीप खड्का– लभ स्टेसन

४ अभिनेत्री

नम्रता श्रेष्ठ– प्रसाद

साम्राज्ञी आरएल शाह– कायरा

पुजा शर्मा– रामकहानी

५ सह अभिनेता

केदार घिमिरे– छक्का पञ्जा ३

सलोन बस्नेत– यात्रा

बुद्धि तामाङ्ग– जय भोले

६ सह अभिनेत्री

वर्षा राउत– गोपी

सन्ध्या केसी– पण्डित बाजेको लौरी

निरुता सिंह– नाई नभन्नु ल ५

संगीततर्फ

१ पप गायक

कमल खत्री– तिम्रो मायाले

संजिव पराजुली– कर्के नजर

दीपक बज्राचार्य– मन मगन

२ पप गायिका

१ टीका प्रसाई– कर्के नजर

२ इन्दिरा जोशी– रेलिमाई

३ त्रिशाला गुरुङ– यो मन

 

३ आधुनिक गायक

हेमन्त शर्मा– बरिखा

युवराज चौलागाई– लट्टर पट्टर

राजेश पायल राई– दर्शन नमस्ते ४

४ आधुनिक गायिका

मेलिना राई– पिरिम नलाउने

अन्जु पन्त– नरुनु है

प्रविशा अधिकारी– तिमिबिना

५ लोक गायक

१ कुलेन्द्र बिक– सालको पात

२ खुमन अधिकारी– १४ अञ्चल ससुराल

३ पशुपति शर्मा– गाह्रो हुन्छ फेरि

६ लोक गायिका

१ सम्झना लामिछाने मगर– आउन माया नाचिदेउ

२ मन्जु पौडेल– गाह्रो हुन्छ फेरि

३ विष्णु माझी– सालको पात



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell