PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

चाबहिलमा पुरानो घर भत्काउँदा घरधनीसहित तीन जना गम्भीर घाइते

चाबहिलमा पुरानो घर भत्काउँदा घरधनीसहित तीन जना गम्भीर घाइते

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चाबहिल शान्तिमार्गमा पुरानो घर भत्काउने क्रममा गारोले पुरिँदा घरधनीसहित तीन जना घाइते भएका छन्। घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी किरण बज्राचार्यले जानकारी दिए।

घर भत्काउँदा घरधनी गोविन्द श्रेष्ठ, बाटोमा हिँडिरहेका दिपक तामाङ र चाबहिलमा रहेको टिफिन होमका कर्मचारी ३५ वर्षीय रामबहादुर कुँवर घाइते भएको एसपी बज्राचार्यले जानकारी दिए।

घाइतेको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र दीर्घायु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell