PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

ट्रकमा भेटियो ३९ जनाको शव, बेलायत प्रहरीले नियन्त्रणमा लियो २५ वर्षीय चालक



पहिलोपोस्ट

ट्रकमा भेटियो ३९ जनाको शव, बेलायत प्रहरीले नियन्त्रणमा लियो २५ वर्षीय चालक
प्रतीकात्मक तस्बिर

बेलायत प्रहरीले ट्रक कन्टेनरमा ३९ जनाको शव फेला परेको छ। पूर्वी लन्डनको औद्योगिक क्षेत्र रहेको स्थानमा प्रहरीले ट्रक (कन्टेनर)मा शव फेला पारेको हो।

प्रहरीका अनुसार बुल्गेरियाबाट ट्रक आएको हो जुन बेल्सको होलिहेड जाने तयारीमा थियो। उत्तरी आयरल्यान्डका २५ वर्षीय ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनैले हत्या गरेको प्रहरीको अनुमान छ।

'हामी पीडितहरुको पहिचान गर्ने प्रयासमा छौं, यसले लामै समय लिन्छजस्तो छ,' प्रमुख सुपेरिटेन्डेन्ट अन्ड्र्यु मरिनरले भने, 'ट्रक चालकलाई हामीले समातिसकेका छौं।'

आपतकालीन सेवा कार्यालयका अनुसार लन्डको केन्द्रबाट २० माइल दुरीमा रहेको इन्ड्रस्टियल पार्कमा शव फेला परेको हो।

३९ मृतकमध्ये ३८ जवान र एक किशोर रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell