PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

स्कुलको छत खस्दा पढिरहेका ३९ विद्यार्थी घाइते



पहिलोपोस्ट

स्कुलको छत खस्दा पढिरहेका ३९ विद्यार्थी घाइते

काठमाडौं : काठमाडौंको तारकेश्वरमा एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्।

तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना खसेको हो।

'सबै विद्यार्थीको उद्धार भइसकेको छ। अहिले अवस्था सामान्य छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

विद्यालयमा पढिरहेका विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै आजै दिउँसो चाबहिलमा भत्काइ रहेको घरले थिच्दा तीन जना गम्भीर घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell