PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'वार' बन्यो ३ सय करोड कटाउने २०१९ को पहिलो फिल्म



पहिलोपोस्ट

'वार' बन्यो ३ सय करोड कटाउने २०१९ को पहिलो फिल्म

यश राज फिल्मसको ब्यानरमा बनेको एक्सन थ्रिलर फिल्म वारले ३ सय करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गर्दै सन् २०१९ को सर्वाधिक कमाउने फिल्ममा सूचीकृत भएको छ।

बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शका अनुसार फिल्मले ३ सय ५ करोडभन्दा बढी कलेक्सन गरिसकेको छ। हृतीक रोशन र टाइगर श्रफ दुवैको यो पहिलो ३ सय करोड कटाउने फिल्म बनेको छ।

सन् २०१४ यता एक या दुई फिल्मले हरेक वर्ष ३ सय करोडभन्दा माथिको कारोबार गर्दै आएको देखिन्छ। २०१४ मा आमिर खानको पीकेले ३ सय करोड क्लबमा खाता खोलेको थियो। २०१५ मा सलमान खानको बजरंगी भाइजानले यो क्लबमा आफूलाई पुर्‍याएको थियो। २०१६ मा सलमानकै सुल्तान र आमिर खानको दंगलले ३ सय करोड पार गरेका थिए। सन् २०१७ मा बाहुबली २ ले ५ सय करोड कलेक्सन गर्दै नयाँ इतिहास कोरेको थियो। त्यही वर्ष आएको सलमान खानको टाइगर जिन्दा है ले पनि ३ सय करोड कटाएको थियो

सन् २०१८ मा रणवीर सिंह र दीपिका पादुकोणको फिल्म पद्मावत तथा रणवीर कपुरको सञ्जुले पनि तीन सय करोड कटाएको थियो।

यस वर्ष वार पछि कुन फिल्मले ३ सय करोडको सीमा पार गर्ला त? त्यसका लागि दुई महिनाभित्र रिलिज हुने फिल्मको कमाइले जवाफ दिनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell