PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपालको संविधानको व्यवस्था उत्कृष्ट भएकोले मिल्यो अन्तर्राष्ट्रिय सम्मान : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

नेपालको संविधानको व्यवस्था उत्कृष्ट भएकोले मिल्यो अन्तर्राष्ट्रिय सम्मान : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्‍याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न सुरु गरेको बताएका छन्।

नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड – २०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको बताए।

‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो,' उनले भने, 'अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धीलाई पहिचान गर्न थालेको छ। भोलिका दिनमा नेपालको संविधान अझ ठूला सम्मान प्राप्त गर्नेछ।'

प्रधानमन्त्री ओलीले युवा परिचालन सम्बन्धि कानुनी व्यवस्था र त्यसको व्यवहारिक पक्षलाई समेत मूल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिए।

संविधानमा युवा सहभागिता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानुनी व्यवस्था उदारणीय भएकाले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ।

युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धी भनिएको छ।

सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजितअन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो।

आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वर्ल्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाला लगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो।

सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधि मण्डलको नेतृत्व गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड ग्रहण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell