PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२९ लाख ८० हजार रकम सहित पक्राउ परेका दुई भारतीय कारागार चलान



एम बम

२९  लाख ८० हजार रकम सहित पक्राउ परेका दुई भारतीय कारागार चलान

कैलाली : सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ।

कैलालीमा गत भदौ २० गते श्रोत नखुलेको २९  लाख ८० हजार रकम सहित पक्राउ परेका भारत पलियाखिरी घर भई हाल धनगढी उपमहानगरपालिका बस्ने अतुल बर्मालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले राजश्व छलीको मुद्दा लागेका बाबुछोरा मध्ये छोरालाई कारागार चलान र बुवासँग धारैटी माग गरिएको थियो।

जिल्ला अदालत कैलालीका श्रेस्तेदार भुवन गिरीका अनुसार बर्माका बुवा सुशील कुमार राजपुतसँग २९ लाख ९० हजार धरौटी माग गरिएको थियो। धरौटी बुझाउन नसकेपछि आज बुवा छोरालाई नै कारागार चलान गरिएको हो।

उनीहरू विरुद्ध राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय कोहलपुरले सोमबार ८ करोड ६ लाख बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। प्रहरीको टोलीले यूपी ३१ ए के ७३४८ नम्बरको कारबाट उक्त परिमाणको रकम बरामद गरेको थियो।

धनगढीको शुभम् सुनचाँदी पसलका सञ्चालकसमेत रहेका उनीहरु सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा बैँक खातामा समेत थप सात करोड ५१ लाख २८ हजार बराबरको कारोबार भएको देखिएको छ। कारोबार र आम्दानीको अनुपात नमिलेपछि बाबुछोरा विरुद्ध नै मुद्दा दर्ता गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell