PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपाल तजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित



पहिलोपोस्ट

एएफसी फुटसल च्याम्पियनसिप छनोट : नेपाल तजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित

इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। सुरुवाती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा तजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो। तजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए।

दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथी ४-० को अग्रता बनायो। त्यसपछी चौथो मिनेटमा दुई गोल गर्यो। पहिलो हाफ भन्दा दोस्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसर समेत सृजना गरेको थियो। तर पाएको अवसरलाई नेपालले सहि सदुपयोग गर्न सकेन। 

पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै सह-प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताएका छन्।

'हामिले अन्तर्रास्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग यश नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मन्नु पर्छ' सह-प्रशिक्षक बस्नेतले भने, 'ताजिकिस्तानसँग हामिले धेरै सिक्ने मौका पायौँ। यस खेलमा सिकेका कुरा अर्को खेलमा प्रयोग गर्ने छौ।'

मध्य तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ। यता खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहिवार उज्वेकिस्तानसँग खेल्ने छ।

सन् २०२० मा तुर्कमेनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि अहिले चार देशमा यसको छनोट प्रतियोगिता भइरहेको छ। दक्षिण पूर्वी एसियाको भियतनाममा, मध्य तथा दक्षिणको लागि इरानमा, पूर्वी एसियाको लागि चीनमा र पश्चिमी एसियाको बहराइनमा छनोट प्रतियोगिता भइरहेको छ।

च्याम्पियनसिपमा तुर्कमेनिस्तानसहित १६ राष्ट्र क्वालिफाइ हुनेछन्। तुर्कमेनिस्तान भने आयोजक राष्ट्रका हैसियतले स्वतः छनोट भएको छ। नेपाल क्वालिफायर्स चरणमा पुग्ने दक्षिण एसियाको एक मात्र टिम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell