PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भ्रस्टाचारको मुद्दा लागेपछि बार काउन्सिलले गर्‍यो आठ वकिलको प्रमाणपत्र निलम्बन



पहिलोपोस्ट

भ्रस्टाचारको मुद्दा लागेपछि बार काउन्सिलले गर्‍यो आठ वकिलको प्रमाणपत्र निलम्बन

काठमाडौँः नेपाल कानुन व्यवसायी परिषद्ले भ्रस्टाचार मुद्दा चलाइएका आठ कानुन व्यवसायीको इजाजतपत्र निलम्बन गरेको छ। कानुन व्यवसायीको आचारसंहिता २०५१ को नियम ६(क) अनुसार प्रमाणपत्र निलम्बन गरिएको हो। 
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रस्टाचार मुद्दा चलाएको जानकारी परिषदमा पठाएपछि प्रमाणपत्र निलम्बन गरिएको हो। 

परिषद्का अनुसार अधिवक्ताहरू सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनालको प्रमाणपत्र निलम्बन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell