PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

डब्लुसिएल : उपाधिका लागि चितवन र काठमाडौं भिड्ने



पहिलोपोस्ट

डब्लुसिएल : उपाधिका लागि चितवन र काठमाडौं भिड्ने

काठमाडौं :  वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)मा आज उपाधिका लागि चितवन राइनोज र क्याट क्विन्स काठमाडौं भिड्दैछन्। आज दिउँसो ११:३० मा कीर्तिपुरस्थित टियू मैदानमा खेल सुरु हुनेछ।

इन्दु बर्माको कप्तानीमा रहेको चितवन जारी प्रतियोगितामा अपराजित छ। चितवनले ४ खेलमा शतप्रतिशत जित निकाल्दै उपाधिको बलियो दावेदारी प्रस्तुत गर्नेछ।

त्यस्तै रुविना क्षत्रीको कप्तानीमा रहेको काठमाडौंले ४ खेलमा ३ जित निकालेको छ। पहिलो खेल गुमाएर पनि उत्कृष्ट पुनरागमन गरेको काठमाडौं पनि डब्लुसिएलको उपाधि उचाल्ने दाउमा छ।

आफ्नो पहिलो खेलमा काठमाडौं चितवनसँग ५ विकेटले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell