PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडीः महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीवार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell