PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

डुइङ बिजनेस इन्डेक्समा दक्षिण एसियामा नेपाल तेस्रो, विश्व र्‍याङ्किङमा १५ अंकको सुधार



पहिलोपोस्ट

डुइङ बिजनेस इन्डेक्समा दक्षिण एसियामा नेपाल तेस्रो, विश्व र्‍याङ्किङमा १५ अंकको सुधार

विश्व बैंकको डुइङ बिजनेस र्‍याङ्किङमा नेपालले आफूलाई केही सुधार गरेको छ। दक्षिण एसियामा नेपालको पोजिसन तेस्रो छ भने विश्व सूचीमा ९४ औं स्थानमा।

दक्षिण एसियामा पहिलो स्थानमा रहेको भारत विश्व सूचीमा ६३ औं स्थानमा छ। दोस्रो सूचीमा रहेको भुटान विश्वसूचीमा ८९ स्थानमा छ। नेपाल विश्वस्तरमा ९४ औं स्थानमा रहेको छ। नेपालपछि श्रीलंका विश्व सूचीमा ९९ रहेको छ। दक्षिण एसियाको इन्डेक्समा सबैभन्दा पुछारमा रहेको अफगानिस्तान विश्व सूचीमा १ सय ७३ औं स्थानमा छ।

१ सय ९० मुलुकमा व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले सूची तयार गरेको हो। अघिल्लो वर्ष १ सय १० औं स्थानमा रहेको नेपालको सूचीमा सुधार आएको हो। नेपालले यो सूचीमा १६ स्थान माथि उक्लिँदा भारतले १४ स्थान माथि आफूलाई स्थापित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell